धनगढी – कैलालीको धनगढीमा आज शक्षा संवाद कार्यक्रम आयोजना गरिएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले नयाँ शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत आज सुदूरपश्चिम प्रदेश स्तरिय कार्यक्रम धनगढीमा आयोजना गर्न लागेको हो।

कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागि हुने कार्यक्रम रहेको छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, अभिभावक तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालासँग शिक्षा ऐन र विद्यालय शिक्षा सुधारका विषयमा प्रत्यक्ष छलफल तथा अन्तरक्रिया गरिनेछ।
संवादका क्रममा आगामी शिक्षा ऐनमा समेटिनुपर्ने विषय, विद्यालय शिक्षामा देखिएका समस्या तथा सुधारका उपायबारे सरोकारवालाबाट सुझाव संकलन गरिने मन्त्रालयले जनाएको छ।















