खाेज्नुहाेस

महेन्द्रनगरमा सिँढीबाट लडेर युवकको मृत्यु

Image

महेन्द्रनगर –  कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरमा घरको सिँढीबाट लडेर एक युवकको मृत्यु भएको छ।

navjiwan hospital

शुक्रबार राति सिँढीबाट लडेर गम्भीर घाइते भएका ऐठपुरका २३ वर्षीय कपिल नेगीको उपचारका क्रममा मृत्यु भएको हो।

attariya hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार नेगीलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।