खाेज्नुहाेस

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित

Image

काठमाडौं –  जारी नेपाल प्रिमियर लिग (एनपीएल)  क्रिकेट अन्तरगत चितवन राइनोजले विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित निकालेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा समेटियो ।

navjiwan hospital

विराटनगरका लागि चितवनका बलर कमलसिंह ऐरीले ४ ओभर बलिङ गर्दै ४ विकेट लिन सफल भए । रञ्जित कुमार, मौसम ढकाल, टम टेलर र डान मोस्लीले एकएक विकेट लिए ।

attariya hospital

जितका लागि विराटनगरलाई १८ बलमा २१ रन आवश्यक थियो । तर, १८औं ओभरमा कमलसिंह ऐरीले लगातार दुई विकेट लिएसँगै विराटनगरको आशा समाप्त भएको थियो । रुपेश सिंह र प्रतिश जिसी कुनै पनि रन नजोडी पभेलियन फर्किए । १९औं ओभरमा रिजन ढकालले थप दुई विकेट लिएका थिए ।