खाेज्नुहाेस

कञ्चनपुरमा भन्सार छलीका सामानसहित तीन जना पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट भन्सार छली गरी ल्याइएका २ लाख ७३ हजार ५२५ बराबरका सामान बरामद गरिएको छ। प्रहरीले भन्सार छलीका सामान ओसारपसारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।

भीमदत्त नगरपालिका–१८ भगतपुरबाट सोमबार दिउँसो भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका मोटरसाइकलका चेन स्पोकेट, ब्रेक सुज, प्लास्टिक झिल्ली लगायतका १ लाख ५७ हजार २०० बराबरका सामान बरामद गरिएको हो।

attariya hospital
navjiwan hospital

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सामानसहित मोटरसाइकलमा सवार भीमदत्त नगरपालिका–२ का ५० वर्षीय लप्टन चौधरी, वडा नम्बर ११ का ४४ वर्षीय किशन दत्त जोशी र वडा नम्बर १७ का ३० वर्षीय लब राज चटौतलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले उनीहरू सवार म १ प २०२१ नम्बरको मोटरसाइकल र भारतीय नम्बर प्लेट युके ०६ एएस ३९४९ को मोटरसाइकलसमेत नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको छ।

यसैगरी, भीमदत्त नगरपालिका–११ भुजेलाबाट  १ लाख १६ हजार ३२५ बराबरका चप्पल, साडी, किराना लगायतका सामान बेवारिसे अवस्थामा फेला पारिएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो उक्त सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।