खाेज्नुहाेस

निर्वाचन क्षेत्रमा सांसद धामी, स्थानियले सुनाए गुनासा

Image

सन्तोष पन्त/बेलौरी– कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद जनक सिंह धामी यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा छन् । विहिवार धामी सहित समानुपातिक सांसद निराशा चौधरी, प्रमुख जिल्ला अधिकारी मदन कोइराला सहितको टोलीले कञ्चनपुरको दक्षिणी सीमाको निरीक्षण गरेका हुन् ।

आफ्ना निर्वाचन क्षेत्रका समस्या समाधानको लागि धामी सहित चौधरी जनतासङ्ग नागरिक सुनुवाइ सहित अनुगमन निरीक्षणमा रहेका छन् । विहिवार प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुख लिएर सांसद धामी विभिन्न ठाउँमा पुगेका हुन् । बिहिबार बिहान बेलडाँडी गाउँपालिका– ५ भुर्सामा चौधरी नदीले कटान गरेको क्षेत्र निरीक्षण गरेका उनले बेलौरी, लालझाडी र पुर्नवासका विभिन्न ठाउँमा समेत निरीक्षण गरेका थिए ।

attariya hospital
navjiwan hospital

यसै क्रममा सांसद धामी सहितको टोलीले बेलौरी नगरपालिका– ६ स्थित बेलौरी छोटी भन्सार र त्यो भन्दा करिब ५ सय मिटर अगाडि बाटोको निरीक्षण गरेका थिए । बेलौरी देखि खजुरिया जाने बाटोमा निरीक्षण सांसद धामी सहितको टोली पुगेको थियो । दशगजा नजिकै बेलौरी खजुरिया जाने बाटोमा ठूलो खाल्डोमा पानी जम्मा भएको थियो । पानी जम्मा हुँदा त्यहाँ आवतजावतमा समस्या भइरहेको थियो ।

सोही बाटोमा तत्काल आवतजावत सहज गर्न प्रमुख जिल्ला अधिकारीलाई सांसद धामीले निर्देशन समेत दिएका थिए । प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले आफ्नो तहबाट हुने पहल गरि तत्कालको लागि सो बाटोमा ग्राबेल गर्ने प्रतिबद्धता समेत जनाए । सांसद धामीले बेलौरी छोटी भन्सारको स्तरोन्नति र बाटोका लागि आफुले आवश्यक पहल गरिरहेको समेत बताए । उनले भारतको दिल्ली बेलौरीबाट नजिकै रहेको र त्यही भएर बेलौरी हुँदै चिनसम्म सडक विस्तार भए बेलौरी चम्किने समेत दाबी गरे ।

निरीक्षण गर्न पुगेका सांसद, सिडिओ सहितलाई स्थानीयहरुले बेलौरी छोटी भन्सार लगायत विभिन्न समस्याहरुबारे जानकारी गराएका थिए । किसानले भोगिरहेको मल अभाव, सीमा विवाद, बाटाघाटा, कटान, चोरी तस्करीबारे स्थानियहरुले गुनासो राखेका थिए । रास्वपा बेलौरी नगर सभापति बिष्णु प्रसाद शर्मालेले पनि सांसद धामीलाई आफ्ना गुनासाहरु राखे । सभापति शर्माले आफुहरु केन्द्रमा जादा समन्वय नगरेको गुनासो गर्दै जनप्रतिनिधिले जनता समस्या लिएर केन्द्रमा पुग्दा भेटन समय दिनुपर्ने बताए ।

उनले प्रमुख जिल्ला अधिकारीकै अगाडी सीमामा खटिएका सुरक्षाकर्मीहरुबाटै चोरी तस्करी भइरहेको गम्भीर आरोप लगाउदै आवस्यक निर्देशन दिन आग्रह गरे । उनको जवाफ फर्काउदै प्रमुख जिल्ला अधिकारी कोइरालाले खुल्ला सीमा बढी भएका कारण चोरी तस्करी हुने गरेको बताए । उनले सुरक्षा कर्मीहरुले आफुले गर्ने काम जिम्मेवारी पुर्वक गरिरहेको बताउदै नागरिकहरुले पनि सचेत गराइरहनु पर्ने बताए ।