कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा घुम्ती व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ । नगरपालिकाको क्षेत्राधिकार भित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा सवारी साधनको प्रयोग गरी व्यवसाय गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार पालिकाको क्षेत्राधिकार भित्र अनधिकृत रूपमा मोटरसाइकल, टाँगा, रिक्सा, मिनी ट्रक लगायतका सवारी साधनहरू मार्फत पूर्व स्वीकृतिविना व्यापार व्यवसाय गरि रहेको गुनासो आएपछि कडाइ गरिएको हो ।

हाल नगरपालिकाको पूर्व स्वीकृति नलिई बजार तथा ग्रामीण क्षेत्रमा पुगेर घुम्ती व्यापार गर्नेहरूमा अधिकांश भारतीय नागरिकहरू रहेको पाइएको छ । पूर्व स्वीकृति विना व्यापार गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने अधिकृत बिष्टले स्पष्ट पारे ।


















