
अत्तरिया – कञ्चनपुरमा बहु–बिवाह मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कञ्चनपुरले २०८२ असार २० गते बहु–बिवाह मुद्दामा १ बर्ष ३ महिना कैद सजाय र १५ हजार जरिवाना तोकिएका शुक्लाफाटा नगरपालिका – १ का २५ वर्षीय नरेश राम बिकलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले शनिबार दिउँसो घरबाटै पक्राउ गरेको थियो ।

















