कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ कलौनी चोकबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
बिहीबार इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले १९० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।


पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–६ सिंहपुर निवासी ३१ वर्षीय जनक चौधरी र कृष्णपुर नगरपालिका–४ निवासी ३० वर्षीय देबेन्द्र ओड रहेका छन्।
प्रहरीले शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट लागूऔषध बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवैमाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















