खाेज्नुहाेस

कैलालीमा सवारी ज्यान र बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

Image

अत्तरिया  – जिल्ला अदालत कैलालीको फैसलाअनुसार कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुई जना प्रतिवादी पक्राउ परेका छन्।

navjiwan hospital

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–३ का ३४ वर्षीय बुधराम थारु र वडा नम्बर ५ का ३० वर्षीय प्रदिप कुमार चौधरी रहेका छन्।

attariya hospital

सवारी ज्यान मुद्दामा थारुलाई ६ महिना कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो भने बैंकिङ कसुर मुद्दामा चौधरीलाई ५ दिन कैद र ४ लाख रुपैयाँ जरिवाना ठहर भएको थियो।

उनीहरूलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार आफ्नै घर ठेगानाबाट पक्राउ गरेको हो।