खाेज्नुहाेस

पत्रकार नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

Image

अत्तरिया – कार्यालय समय सकिएपछि समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

शुक्रबार जारी प्रेस विज्ञप्तिमा सादा पोशाकका प्रहरीले पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति आपत्ति जनाइएको छ ।

attariya hospital
navjiwan hospital

पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी तथा अदालतको अनुमति नदेखाइएको र अपराधको जाहेरीसमेत स्पष्ट नभएको अवस्थामा सार्वजनिक बिदा हुनुअघि लगातार दुई दिन पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर विषय भएको काउन्सिलले जनाएको छ ।

काउन्सिलले समाचार सामग्रीप्रति असहमति वा आचारसंहितासम्बन्धी उजुरी भए त्यसको छानबिन र निरूपण गर्ने जिम्मेवारी प्रेस काउन्सिलकै भएको स्पष्ट पारेको छ ।

साथै, पत्रकारलाई कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए तत्काल रिहा गर्न सरकार तथा प्रहरी प्रशासनसँग आग्रह गरेको छ ।