खाेज्नुहाेस

बेलौरी नगरपालिकाले ल्यायो ९४ करोड ५५ लाखको बजेट

Image

बेलौरी – कञ्चनपुरको बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९४ करोड ५५ लाखको पेस गरिएको छ । नगरपालिकाको १७ औँ नगर सभाको उद्घाटन सत्रमा उपप्रमुख जोगराम चौधरीले उक्त बजेट पेश गरेका हुन ।

navjiwan hospital

बजेट पेश गरेपछि नगर सभाका अध्यक्ष नगर प्रमुख पोतिलाल चौधरीले उद्घाटन सत्र बन्द गरेका छ्न । केहिबेरमा बन्द सत्र सुरु भइ बिनियोजीत बजेटमा छलफल गरिने छ ।

attariya hospital

आय तर्फमा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा आन्तरिक आय ५ करोड,राजश्व बाँडफाँट १२ करोड ६० लाख ३८ हजार, नेपाल सरकारबाट हुने वित्तीय हस्तान्तरणमा ४४ करोड १६ लाख, प्रदेश सरकारबाट हुने वित्तीय हस्तान्तरणमा ८ करोड २८ लाख ६२ हजार ,सरी आएको मौज्दात २ करोड,सडक बोर्ड ५० लाख, सामाजिक सुरक्षा २२ करोड गरि कुल जम्मा आय ९४ करोड ५५ लाख हुने अनुमान गरिएको छ ।

त्यस्तै व्ययतर्फमा नगरपालिकाले कुल बजेटको चालु तर्फ ७८.११ प्रतिशत र पुँजीगत तर्फ २१.८९ प्रतिशत बजेट विनियोजन गरिएको छ ।