
कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका छन् । एकता सामुदायिक वनमा साेमबार पाटेबाघले आक्रमण गर्दा वन हेरालु सन्तराम चौधरी घाइते भएका हुन्।
जिल्लास्थित डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन कार्यालय प्रमुख लक्ष्मीराज जोशीले कृष्णपुर नगरपालिका–६ स्थित एकता सामुदायिक वनमा आज बाघले आक्रमण गर्दा वन हेरालु चौधरी घाइते भएको जानकारी दिए।




















