अत्तरिया – कञ्चनपुरबाट प्रहरीले लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ ।

जिल्ला अदालत कञ्चनपुरले २०७९ फागुन १५ गते लागू औषध मुद्दामा २ महिना ११ दिन कैद सजाय र ५ हजार जरिवाना तोकेका बेदकोट नगरपालिका – ५ पोलखरिका ३० वर्षीय धन बहादुर धानुक पक्राउ परेका हुन ।

उनलाई प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले शुक्रबार घरबाटै पक्राउ गरेको जनाएको छ ।
















