खाेज्नुहाेस

कैलालीमा चोरी मुद्दामा ३ महिना कैद ताेकिएका युवक पक्राउ

Image

अत्तरिया – चोरी मुद्दामा अदालतबाट कैद र जरिवाना सजाय तोकिएका कैलालीका एक जना पक्राउ परेका छन् ।

navjiwan hospital

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३ बस्ने ३१ वर्षीय सुरज चौधरी रहेका छन् ।

attariya hospital

जिल्ला अदालत कैलालीको फैसलाअनुसार चोरी मुद्दामा उनलाई ३ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो । फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो।