खाेज्नुहाेस

बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते

Image

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ।

navjiwan hospital

बुधबार बिहान करिब १० बजे केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटना भएको हो।

attariya hospital

दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी टेकबहादुर जोराले जानकारी दिए।

दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ का प्रेमबहादुर धामी, रमेश धामी (३२ वर्ष), रमेश धामी (२६ वर्ष), दुर्गाथली गाउँपालिका–६ की शारदा धामी जाग्री र सोही ठाउँका रामकुमार धामी गम्भीर घाइते भएका छन्। त्यस्तै, केदारस्युँ गाउँपालिका–७ की २२ वर्षीया रेखा धामी मध्यम घाइते भएकी छन्।