खाेज्नुहाेस

चर्को गर्मीमा शुक्लाफाँटा आरक्ष पीडितको अर्धनग्न प्रदर्शन

Image

कञ्चनपुर – कञ्चनपुरमा आरक्षपीडितहरूले पुनःस्थापनाको माग गर्दै आन्दोलन जारी राखेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (पहिलेको आरक्ष) विस्तारका क्रममा विस्थापित भएकाहरू विगत छ दिनदेखि आन्दोलनमा गरिरहेका हुन् । शुक्लाफाँटा आरक्षपीडित जिल्ला संघर्ष समितिले छबुँदे माग राख्दै आन्दोलन गरिरहेको हो । सो क्रममा बुधबार जिल्ला प्रशासन कार्यालयअगाडि अर्धनग्न प्रदर्शन र धर्ना गरिएको छ ।

navjiwan hospital

आरक्षपीडितहरूलाई १० कट्टा जमिन उपलब्ध गराउनुपर्ने, २४ वर्षसम्मको क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, आधारभूत कुराहरू निस्शुल्क गर्नुपर्ने, आरक्षपीडितहरूको छुट्टै वडा घोषणा गर्नुपर्ने, आरक्षपीडितहरूलाई द्वन्दपीडित घोषणा गर्नुपर्ने र आयोग बनाउँदा आरक्षपीडितबाट अनिवार्य रूपले प्रतिनिधि राख्नुपर्ने माग राख्दै आन्दोलन भइरहेको हो ।

attariya hospital

उनीहरूले माग सम्बोधनको आश्वासन पाएपछि प्रतिनिधिसभा निर्वाचनअघि आन्दोलन स्थगित गरेका थिए । आरक्षपीडित संघर्ष समितिका अध्यक्ष जयबहादुर रोकायाले प्रतिनिधिसभा सदस्य निर्वाचनलगत्तै माग पूरा गर्ने आश्वासन दिएको तर अहिलेसम्म आफ्ना आवाजसमेत सांसदहरूले नउठाएको भन्दै आन्दोलन गर्नुपरेको बताए । २०५८ सालदेखि विभिन्न समयमा विस्थापित भएका झण्डै साढे दुई हजार परिवार अस्थायी टहरामा बसोबास गर्दै आएका छन् ।