कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा १८ वर्षीय उज्जल सायरमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा दुई पक्राउ परेका छन ।

पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–५ कै २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टंक थापा रहेको प्रहरीले जनाएको छ । उनीहरुले दाइ नाता पर्ने नरेश खातीको विवाह समारोहमा सहभागी भएका बेला सायरलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

घाइते सायरलाई उपचारका लागि मायामेट्रो अस्पताल, धनगढी पठाएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।
















