खाेज्नुहाेस

बडीमालिका क्षेत्रको कार्ययोजना सुदूरपश्चिम सरकारलाई बुझाईयो

Image

धनगढी – बाजुराको बडीमालिका क्षेत्रको पूर्वाधार विकास तथा पर्यटन प्रबद्र्धन सम्बन्धी कार्ययोजन सुदूरपश्चिम प्रदेश सरकारलाई बुझाइएको छ । बडीमालिका पूवर्धार विकास तथा पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यदलले तयार पारेको प्रतिवेदन बुधबार कार्यदलका संयोजक तथा प्रदेश सांसद पदमबहादुर शाहीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्टलाई बुझाएका हुन ।

गएको मंसिर २ गते प्रदेश सरकारले बडीमालिका क्षेत्रको विकास लागि तयारी कार्यदल गठन गरेको थियो । पाँच महिना लगाएर तयार पारेको प्रतिवेदन सरकारलाई पेश गरेको संयोजक शाहीले बताए । १४ सदस्यीय कार्यदल गठन गरिएको थियो । संयोजक शाहीका अनुसार बडीमालिकाको विकासका लागि पदमार्ग, पुल, शौचालय, धर्मशाला, विश्रामस्थल, टहरा र भविष्यमा पक्की सडक नै निर्माण गर्नुपर्ने विषय प्रतिवेदनमा समेटिएको छ ।

attariya hospital
navjiwan hospital

त्यसका लागि एक अर्ब ७९ करोड बजेट लाग्ने अनुमान गरिएको शाहीले बताए । प्रतिवेदनमा समावेश गरेका पूर्वाधार विकास गरिए बडीमालिका आवागमनमा सहजतासंगै पर्यटकको संख्यामा वृद्धि हुने पनि कार्यदलले अपेक्षा गरेको छ ।

कार्यदलमा बाजुराका प्रदेश सांसद नरेशकुमार शाही र जुना दानीसहित वन मन्त्रालयका सचिव, प्रदेश वन निर्देशनालयका निर्देशक, पर्यटन इकाई प्रमुख, बाजुराका त्रिवेणी, बडीमालिका र बुढीनन्दा नगरपालिकाका नगरप्रमुख तथा पर्यटन व्यवसायी सदस्य रहेका थिए ।

बाजुरामा रहेको बडीमालिका मन्दिर विश्वमै सबैभन्दा उच्च स्थानको कलात्मक मन्दिर मानिन्छ । चार हजार दुई सय मिटरको उचाइमा अन्यत्र कुनै पनि स्थानमा देवीका कलात्मक मन्दिर निर्माण नभएको जनाएको छ ।