अत्तरिया – कैलालीमा प्रहरीले एक महिनाको अवधिमा २३९ वटा जनचेतनाका कार्यक्रम आयोजना गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले चैत महिनाको प्रगति विवरण सार्वजनिक गर्दै सो अवधिमा विभिन्न शीर्षकमा उक्त कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

जसमा लागू औषध दुव्र्यसनीमा रोकथाम तथा नियन्त्रणका ५४ वटा, ट्राफिक नियमका २७ वटा, आत्महत्या रोकथाम तथा न्यूनीकरणका २७, लैङ्गिक हिंसा न्यूनीकरणका ७, बालविवाह न्यूनीकरणका २२, साइबर अपराध सम्बन्धीका २७ र अन्य विविध ७५ गरी २३९ वटा जनचेतनाका कार्यक्रम गरिएको े जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायक उपरीक्षक तथा सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले बताएका छन् ।

प्रहरीले सो अवधिमा ४ हजार २०९ प्रहरी गतिविधि गरिएको जनाएको छ । जसमा पिकेट १ हजार ५९०, चेकिङ ९६०, ग्रामीण गस्ती ५१०, एसआरपी १ हजार २३० रहेका छन् । प्रहरीले एक महिनाको अवधिमा जिल्लामा २१ वटा आन्दोलन विरोधका कार्यक्रम भएको जनाएको छ ।














