खाेज्नुहाेस

कैलालीमा लागू औषध सहित एक महिनामा ५४ जना पक्राउ

Image

अत्तरिया – कैलालीबाट लागू औषध सहित एक महिनाको अवधिमा ५४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले चैत महिनाको प्रगति विवरण सार्वजनिक गर्दै सो अवधिमा १ महिला र ५३ पुरुष सहित ५४ जना पक्राउ गरेको जनाएको छ ।

प्रहरी नायक उपरीक्षक तथा सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाका अनुसार उनीहरूलाई ३७ वटा मुद्दामा पक्राउ गरिएको हो ।

attariya hospital
navjiwan hospital

पक्राउ परेका उनीहरूको साथबाट चरेस २५ ग्राम ४८ मिलिग्राम, खैरो हिरोइन ५२ ग्राम ६३० मिलिग्राम, गाँजा १ ग्राम २८० मिलिग्राम र ट्याब्लेट ४४ बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रगति विवरणमा अपराधका २०३ मुद्दा, जघन्य तथा गम्भीर अपराधका ७३ मुद्दा दर्ता भएका छन् ।

यस्तै चालु मुद्दाका १९२ जना पक्राउ परेका छन् भने ५८ जना पक्राउ पर्न बाँकी रहेका छन् । यस्तै प्रहरीले प्रगति विवरणमा सार्वजनिक चासो रहेका पेण्डिङ मुद्दा ९४ रहेकोमा ४ वटा फछ्र्यौट भएको उल्लेख छ ।

यस्तै फैसला कार्यान्वयनका क्रममा ६९ जना पक्राउ गरेर १५ वर्ष कैद र ७ लाख ६७ हजार ५१५ जरिवाना असुल गरिएको उल्लेख छ ।