खाेज्नुहाेस

कञ्चनपुरको दक्षिणी सीमामा ब्राउन सुगरको ओसारपसार बढ्दो, पक्राउ परे सिकन्दर र रामपाल

Image

बेलौरी कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरीले लागु औषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ ।

शनिवार सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म बेलौरी र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका ६ बैशाखाबाट २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

attariya hospital
navjiwan hospital

पक्राउ पर्नेमा पुर्नवास नगरपालिका १ ढक्का बस्ने २४ वर्षीय सिकन्दर राना र सोही ठाउँ बस्ने २४ वर्षीय रामपाल राना रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गर्दा उनीहरूको साथबाट लागु औषध ब्राउन सुगर फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैलाई इलाका प्रहरी कार्यालय बेलौरीमा राखी थप अनुसन्धान भइरहेको छ ।

पछिल्लो समय कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रमा लागु औषधको ओसारपसार बढ्दो छ । प्रहरीले सीमामा सक्रियता देखाएर लागु औषध बरामद गरिरहेको भएपनी ओसारपसार भने बढ्दो नै देखिन्छ ।

जिल्लाको दक्षिणी सीमा स्थित भारतीय बजार पलिया देखि टाटगन्ज सम्म ब्राउन सुगरको व्यापार खुलेआम हुँदा नेपाली युवाहरू सजिलै भारत प्रवेश गरी लागू औषध ल्याउने गरेका छन् ।