खाेज्नुहाेस

डडेल्धुराको भित्री मधेशमा शनिबार कांग्रेसको आमसभा, यी नेता हुँदैछन् सहभागी

Image

डडेल्धुरा– आसन्न निर्वाचनका लागि डडेल्धुरामा विभिन्न राजनीतिक दलका र तीनजना स्वतन्त्र गरी १३ जना उम्मेदवार चुनावी मैदानमा छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा सबै दल आ–आफ्ना एजेन्डासहित जनताको घरदैलो र चुनावी अभियानमा छन् ।

navjiwan hospital

अन्य दल तथा उम्मेदवारहरूले ठूला आमसभा नगरेको अवस्थामा नेपाली कांग्रेस भने लगातार आमसभा गर्दै आएको छ । केही दिनअघि गन्यापधुरा गाउँपालिकाको मुकाम बडालमा आमसभा गरेको कांग्रेसले फागुन १६ गते शनिबार डडेल्धुराको भित्री मधेस क्षेत्र परशुराम नगरपालिकाको जोगबुढामा अर्को आमसभा गर्ने भएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारका लागि नेपाली काँग्रेस डडेल्धुराले बृहत् चुनावी आमसभा आयोजना गर्ने भएको हो । जिल्ला कार्यसमितिको आयोजनामा हुने आमसभा फागुन १६ गते परशुराम नगरपालिका–१२ जोगबुडास्थित परशुराम रंगमैदानमा हुनेछ ।

attariya hospital

जिल्ला कार्यसमितिले सार्वजनिक गरेको सूचनाअनुसार आमसभामा पार्टीका जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ । त्यसैगरी महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा सुदूरपश्चिम प्रदेशका सदस्यहरूलाई पनि कार्यक्रममा बोलाइएको छ । आमसभामा प्रदेश सभा क्षेत्रीय पदाधिकारी तथा सदस्यहरू, पालिका तहका पदाधिकारी तथा सदस्यहरू, सम्पूर्ण वडा तहका पदाधिकारी तथा सदस्यहरूको सहभागिता हुने पार्टीले जनाएको छ ।

पार्टी संगठनलाई एकीकृत रूपमा प्रस्तुत गर्ने उद्देश्यले भातृ संगठन तथा शुभेच्छुक संस्थाका जिल्ला, प्रदेश सभा क्षेत्र र पालिका तहका पदाधिकारी तथा सदस्यहरूलाई समेत आमन्त्रित गरिएको छ । यसका अतिरिक्त क्षेत्रीय प्रतिनिधि, क्रियाशील सदस्य तथा नेपाली काँग्रेसप्रति आस्था राख्ने सम्पूर्णलाई आमसभामा सहभागी हुन आग्रह गरिएको छ । कांग्रेस जिल्ला सभापति भीमबहादुर साउँदले डडेल्धुराको भित्री मधेश क्षेत्र जोगबुडामा आयोजना हुने यस आमसभाले चुनावी अभियानलाई नयाँ गति दिने बताए ।
नेपाली कांग्रेसले यही फागुन २१ गते हुन गईरहेको प्रतिनिधी सभा सदस्य निर्वाचनमा डडेल्धुराबाट प्रतक्षतर्फ नैनसिंह महरलाई उम्मेदवार बनाएको छ । समानुपातिक तर्फ हरिना देबी कामीलाई उम्मेदवार बनाएको छ ।