डडेल्धुरा – डडेल्धुरामा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा परशुराम नगरपालिका–१२ खजुरानीका ३० वर्षीय योगेन्द्र बोहरा रहेका छन्।

बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय जोगबुडाबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार साँझ पक्राउ गरेको हो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



















