खाेज्नुहाेस

बैतडीमा‌ चुनाव प्रचारका क्रममा झडप हुँदा २ जना घाइते

Image

बैतडी – बैतडीमा चुनाव प्रचारप्रसारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन्।

जिल्लाको डिलासैनी गाउँपालिका-७ लेक टोलमा घरदैलो कार्यक्रमका क्रममा दुवै पक्षबीच विवाद चर्किएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

attariya hospital
navjiwan hospital

प्रहरीका अनुसार घाइते हुनेमा डिलासैनी-७ का २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामी रहेका छन्। दुवै जना एमाले निकट युवा संघसँग आबद्ध रहेको बताइएको छ।

झडपमा जनकको टाउको र निधारमा चोट लागेको छ भने माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरूको उपचार गोकुलेश्वर अस्पतालमा भइरहेको छ।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको र अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।