खाेज्नुहाेस

शैल्यशिखरमा जनसरोकारका विषयमा संवाद गर्दै रास्वपाका जनक पन्त 

Image
दार्चुला – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य रहेका डा. जनक राज पन्त जनसरोकारका विषयमा संवादमा जुटेका छन् । उनी गृहपालिका समेत रहेको दार्चुलाको शैल्यशिखर नगरपालिकामा स्थानीय सँग संवादमा जुटेका हुन ।
attariya hospital
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन र २०८४ मा हुने स्थानीय निर्वाचनलाई लक्षित गरेर उनले शैल्यशिखरमा आफ्नो सक्रियता बढाएका छन् । रास्वपाबाट स्थानीय चुनावमा मेयर पदका दाबेदारका रूपमा रहेका उनले सो क्षेत्रका दुर्गम बस्ती र ग्रामीण क्षेत्रहरूमा पुगेर स्थानीय नागरिकका समस्या, सुझाव र अपेक्षाहरू बुझ्ने काम गरिरहेको उनी निकट बताउँछन्।
navjiwan hospital
भुइँमान्छेका भावना, वृद्ध वृद्धा तथा युवाहरूका कुरा नजिकबाट सुन्दै छु’ पन्तले भने ‘जनताको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर भविष्यमा यो क्षेत्रको नेतृत्व गर्ने चाहना छ ।’
उनले विगतका कमीकमजोरी सुधार्दै अग्रजहरूको सुझाव र सल्लाहलाई आत्मसात् गर्दै अघि बढ्ने बताए ।