बैतडी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैतडीबाट आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिश गरेको छ । राप्रपाले जिल्लाबाट प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारका लागि ३ जनाको नाम सिफारिस गरेको हो ।

जसमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको छोराको समेत नाम रहेको छ । राप्रपा बैतडीका अनुसार प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारका लागि जिल्लाबाट पूर्व प्रधानमन्त्री चन्दका छोरा भुपेनबहादुर चन्द, राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्ट र नवीना शाही चन्दको नाम सिफारिस गरिएको छ ।

पार्टीले जिल्लामा समानुपातीक तर्फबाट गणेश चन्द, अम्बिका भण्डारी र जिते महरको नाम सिफारिश गरेको राप्रपा बैतडीका अध्यक्ष भट्टले बताए ।
राप्रपाले प्रतिनिधि सभा सदस्यका लागि पूर्व प्रधानमन्त्री चन्दका छोरा भुपेनबहादुर चन्दलाई पहिलो नम्बरमा सिफारिश गरेको छ । अन्य कुनै प्राविधिक समस्या नआएमा चन्द नै सर्वसम्मत उम्मेदवार हुने अध्यक्ष भट्टले बताए ।


















