अत्तरिया – भारतमा फलफूल व्यवसाय गर्दै आएका बैतडीका प्रेम कोली सडक दुर्घटनामा परी गम्भीर घाइते भएपछि उनको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ ।
बैतडीको पाटन नगरपालिका–३, गुजर स्थायी घर भएका कोली गत कार्तिक २२ गते लक्ष्मी पूजाको साँझ भारतको गोविन्दगढमा दुर्घटनामा परेका थिए । पसलको काम सकेर स्कुटरमा कोठातर्फ फर्किने क्रममा अज्ञात गाडीले उनलाई ठक्कर दिएर फरार भएको थियो ।

दुर्घटनापछि बेहोस अवस्थामा रहेका कोलीलाई स्थानीयवासीले उद्धार गरेर अस्पताल पु¥याएका थिए । उनको हाल गोविन्दगढस्थित राजेन्द्र अस्पतालमा उपचार भइरहेको परिवारी श्रोतले जनाएको छ ।

भारतको गोविन्दगढमा सानो फलफूल पसल सञ्चालन गर्दै आएका कोली परिवारसहित त्यहीँ बस्दै आएका थिए । उनका तीन छोरी र एक छोरा छन् । परिवारको मुख्य आर्थिक आधार रहेका कोली दुर्घटनामा परेपछि परिवार आर्थिक संकटमा परेको छ ।
महँगो उपचार खर्च जुटाउन कठिनाइ भएपछि परिवार तथा आफन्तले उनको जीवन रक्षाका लागि आर्थिक सहयोग अभियान सञ्चालन गरेका छन् । उनका भाइ पदम कोलीले भारतबाट र परिवारका अन्य सदस्यले नेपालबाट सहयोग संकलन गरिरहेका छन् ।
परिवारले देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी, आफन्त, समाजसेवी तथा सहयोगी मनहरूलाई आफ्नो गच्छेअनुसार आर्थिक सहयोग गरिदिन आग्रह गरेको छ ।
नेपालबाट सहयोग गर्न चाहनेहरूले रमेश कोलीको कृषि विकास बैंकको क्युआर कोडमार्फत तथा भारतबाट सहयोग गर्न चाहनेहरूले पदम कोलीको बैंक क्युआर कोडमार्फत रकम सहयोग गर्न सक्ने जनाइएको छ । सहयोग तथा थप जानकारीका लागि रमेश कोलीलाई ९८४८८३५८०० मा सम्पर्क गर्न सकिनेछ ।
क्युआर
















