अत्तरिया – नेपाल कम्युनिस्ट पार्टी (एमाले) निर्वाचन क्षेत्र नम्बर ४ समन्वय कमिटी कैलालीको आयोजनामा बडादशैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा मिलन कार्यक्रम गोदावरीमा सम्पन्न भएको छ ।
कार्यक्रममा पार्टीका जिल्ला तथा प्रदेश कमिटीका पदाधिकारी, स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले एकआपसमा चाडपर्वको शुभकामना आदानप्रदान गर्नुका साथै आपसी एकता, सद्भाव र आत्मीयता अभिवृद्धिमा जोड दिएका थिए ।


कार्यक्रममा सहभागीहरूले सुदूरपश्चिमको मौलिक संस्कृति झल्काउने देउडा खेल प्रस्तुत गर्दै सांस्कृतिक उल्लास साटासाट गरेका थिए ।
कार्यक्रममा गोदावरी नगर कमिटीका सचिव विक्रम बिष्ट, जिल्ला कमिटीका उपाध्यक्ष लोकेन्द्र शाही, प्रदेश कमिटीका कृष्णप्रसाद जैसी तथा निर्वाचन क्षेत्र नम्बर ४ समन्वय कमिटीका संयोजक गणेश जिमी साउदले सहभागीहरूलाई दशैँ, तिहार तथा छठ पर्वको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम आपसी सद्भाव, सांस्कृतिक उल्लास र शुभकामना आदानप्रदानसहित सम्पन्न भएको आयोजकले जनाएको छ ।

















