काठमाडौं – आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वभर मनाइँदैछ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण आईकाओले हरेक वर्ष डिसेम्बर ७ का दिन नागरिक उड्डयन सुरक्षा र व्यवस्थापनका विषय उठान गर्दै यो दिवस मनाउँदै आएको छ । यस बर्ष ‘दिगो विकासका लागि उड्डयन: संसारलाई जोड्दै’ भन्ने नाराका साथ यो दिवस मनाइदैछ ।

आइकाओले शिकागो कन्भेन्सन लागू भएपछि सन् १९९४ देखि नै ले यो दिवस मनाउँदै आएको हो। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको थियो । आइकाओमा नेपालसहित १९२ राष्ट्र सदस्य छन्। नेपालमा सन् १९५७ मा नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो।

आइकाओले शिकागो कन्भेन्सन लागू भएपछि सन् १९९४ देखि नै ले यो दिवस मनाउँदै आएको हो । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९६ मा डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता दिएको थियो । नेपालमा सन् १९५७ मा नागरिक उड्डयन प्राधिकरण स्थापना भएको हो ।
उड्डयनको सुरक्षा, गुणस्तरीय सेवाको व्यवस्था लगायत व्यवस्थित अन्तर्राष्ट्रिय मापदण्डको हवाई क्षेत्र अनि विमानस्थलको सुरक्षा नै यसको मुख्य उद्देश्य हो ।
















