
आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइदैछ । १९९६ मा संयुक्त राष्ट्र महासभाले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई १६ नोभेम्बरमा सहिष्णुताको लागि अन्तर्राष्ट्रिय दिवस मनाउन आमन्त्रित गरेको थियो । त्यसपछि, हरेक वर्ष नोभेम्बर १६ मा विश्व समुदायले यो दिवस मनाउँदै आएको छ ।
९० को दशकमा अफ्रिका, बाल्कन र ककेससमा जातीय र सांस्कृतिक द्वन्द्वको परिप्रेक्ष्यमा रुवान्डा र बोस्नियाली नरसंहार भएको थियो। नरसंहारका पीडित परिवारहरूले, ‘द्वन्द्व रोकथाम, मानवअधिकारको प्रवद्र्धनको हितमा विश्वका सबै मानिसहरूमा सहिष्णुता र शान्तिको मूल्यहरूलाई प्रोत्साहित गर्नुहोस’ भनेर दिएको सुझावको सम्मानमा सहिष्णुता दिवसको सुरुवात भएको हो ।




















