खाेज्नुहाेस

जेन–जी आन्दोलनमा मारिएका ७६ मध्ये ४५ जना सहिद घोषित

Image

काठमाडौं – सरकारले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा मारिएका ७६ मध्ये ४५ जनालाईमात्रै सहिद घोषणा गरेको छ । आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएकाहरूलाई मात्रै सरकारले सहिद घोषणा गरेको हो । सो आन्दोलनका क्रममा घुसपैठ गरी सरकारी संरचना जलाएर ध्वस्त पार्नेदेखि निजी घर तथा व्यावसायिक प्रतिष्ठानहरूसमेत जलाउनेलगायतका विभिन्न किसिमको विध्वंसात्मक कार्य भएको थियो ।

त्यसरी जलाउने क्रममा घरभित्र जलेर मृत्यु भएकाहरूलाई भने सरकारले सहिद घोषणा गरेको छैन । जेन–जीका केही समूहले आन्दोलनमा मारिएका सबैलाई सहिद घोषणा गर्न माग गर्दै आएको थियो तर घरभित्र जलेर मरेकाहरूलाई सहिद घोषणा गर्दा समस्या आउनसक्ने भन्दै गृहमन्त्रालयले सो कार्यमा सचेतता अपनाएको हो । गृह मन्त्रालयले विभिन्न तथ्य, प्रमाण र औचित्यका आधारमा ४५ जनालाई मात्रै सहिद घोषणाका लागि सरकारसमक्ष प्रस्ताव गरेको थियो । गृह मन्त्रालयकै प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरको हो । मृत्यु भएकामध्ये १२ जनाको अझै पहिचान हुन सकेको छैन ।

add everest academy
attariya hospital

गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख तथा प्रवक्ता आनन्द काफ्लेले मन्त्रालयले सहिदका बारेमा छानबिन गर्न गठन गरेको उच्चस्तरीय छानबिन समिति, प्रहरी प्रतिवेदन तथा विभिन्न जिल्ला प्रशासन कार्यालयहरूबाट आएका पुष्ट्याईका आधारमा ४५ जनालाई सहिद घोषणा गर्न प्रस्ताव गरिएको जानकारी दिनुभयो । उहाँले प्रदर्शनका क्रममा गोली लागेर मारिएकाहरूलाई मात्रै सहिद घोषणा गर्ने निर्णय भएको बताउनुभयो ।

सुरुमा मारिएका सबै व्यक्तिहरूलाई सहिद घोषणा गर्न गृहमा दबाब बढे पनि सहिद शब्दको अपमान र अवमूल्यन हुने गरी सहिद घोषणा गर्न नहुने निष्कर्षमा मन्त्रालय पुगेको थियो । मन्त्रालयले सुरुमा आन्दोलनका क्रममा मारिएका कैदी बन्दी र बालबन्दी गरी १० जनाबाहेक अन्य सबैका परिवारलाई राहतस्वरूप जनही १५ लाख रुपियाँ दिने निर्णय गरे पनि सहिद घोषणाका लागि थप अध्ययन गर्नुपर्ने भन्दै त्यतिबेला निर्णय गरेको थिएन । पछि छानबिन र पुष्ट्याइका आधारमा मारिएका ७६ मध्ये ४५ जना सहिदको सूचीमा राख्न उपयुक्त हुने देखिएपछि गृह मन्त्रालयले त्यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्का पठाएको थियो । गृह मन्त्रालयले हालसम्म मृत्यु भएकामध्ये ५१ जनाको परिवारलाई १५ –१५ लाख रुपियाँ प्रदान गरिसकिएको जनाएको छ ।

navjiwan hospital

यी हुन जेन–जी आन्दोलनका ४५ सहिद
१. बुद्धिबहादुर तामाङ, कीर्तिपुर–२ काठमाडौं
२. सन्तोष विश्वकर्मा, बेलका–४ उदयपुर
३. सुलभराज श्रेष्ठ, नेपालगञ्ज–१ बाँके
४. श्रीयम चौलागाइ, बेलबारी–११ मोरङ
५. ईस्वतबहादुर अधिकारी, का.म.पा–११ काठमाडौं
६. आयुष थापा, नेपालगन्ज–१ बाँके

attariya technical collage

७. गौरव जोशी, धनगढी–५ कैलाली
८. योगबहादुर श्रेष्ठ, बारबिसे–६ सिन्धुपाल्चोक
९. माधव सारु मगर, भूमिकास्थान–४ अर्घाखाँची
१०. विमलबाबु भट्ट, बारपाक सुलिकोट–५ गोरखा
११. असहाव आलम ठकुराई, वीरगन्ज–१२ पर्सा
१२. सौरनकिशोर श्रेष्ठ, बाग्लुङ–४ बाग्लुङ
१३. सुभाषकुमार बोहरा, खप्तडछान्ना–७ बझाङ

१४. रसिक खतिवडा खत्री, पनौती–१० काभ्रे
१५. विनोद महर्जन, ललितपुर–७ ललितपुर
१६. दिलनारायण तामाङ, तिमाल–७ काभ्रे
१७. योगेन्द्र न्यौपाने, गोलान्जोर–१ सिन्धुली
१८. अभिषेक श्रेष्ठ, इनरुवा न.पा–६ सुनसरी
१९. मोहन सरदार, इटहरी–१४ सुनसरी
२०. छत्रमान कुथुमी, पाख्रिबास–२ धनकुटा
२१. ओझन बुढा, स्वामिकार्तिक खापर–२ बाजुरा
२२. साजन राई, धरान–२२ सुनसरी

२३. अनिश पराजुली, पालुङटार–३ गोरखा
२४. सारकुमार राई, चौदन्डीगढी–३ उदयपुर
२५. अर्जुन भट्ट, गण्डकी–४ गोरखा
२६. धिरज श्रेष्ठ, तादी–३ नुवाकोट
२७. देवकुमार सुवेदी, लालबन्दी–५ सर्लाही
२८. उमेश महत, चौतारा साँगाचोकगढी–८ सिन्धुपाल्चोक
२९. प्रवीण कुलुङ, सिलिचुङ–३ संखुवासभा
३०. निखिता गौतम, कालिका–८ चितवन

३१. अभिषेक चौलागार्इं, शैलुङ–४ दोलखा
३२. विजय चौधरी, लहान–१५ सिरहा
३३. भीमराज धामी, दुर्गाथली–१ बझाङ
३४. निरज पन्त, दशरथ–६ बैतडी
३५. दीपक सिंह साउद, शिवनाथ–२ बैतडी
३६. शुभराज बलामी श्रेष्ठ, ककनी–१ नुवाकोट
३७. ज्ञानिन्द्र सेढाईं, अर्जुनधारा–११ झापा

३८. दिनेश राजवंशी, अर्जुनधारा–८ झापा
३९. कमल भण्डारी, हिलिहाङ–२ पाँचथर
४०. दिपेश सुनुवार, तिनपाटन–६ सिन्धुली
४१. महेश बुढाथोकी, बिगु–३ दोलखा
४२. लच्छुमान राई, पञ्चकन्या–२ नुवाकोट
४३. मिलन राय, दुधौली–८ सिन्धुली
४४. अमृत गुरुङ, रुपा–५ कास्की
४५. उत्तम थापा, लेकाम–३ दार्चुला