खाेज्नुहाेस

दुष्टहरूका चौतारीमा देशभक्तहरूको पीडा

Image
  प्रा. डा. युवराज संग्रौला –  यदि गहिरिएर हेर्ने हो भने, राजनीति र प्रशासनयन्त्र तथा विश्वविद्यालय  भित्र देशको बारेमा सधैँ हित चिताउने देशभक्तहरूको ठुलो सङ्ख्या भेटिन्छ। उनीहरू पदक र पुरस्कार होइन, राष्ट्रको उन्नति र भविष्यका लागि काम गरिरहेका हुन्छन्। उनीहरू बोल्दैनन् किनकि उनीहरूको आवाज वरिपरिको वातावरणले दबाएको हुन्छ।
add everest academy
attariya hospital
१. विगत ३७ वर्षको शासनकालमा यस्ता व्यक्तिहरूको पतन र पलायन, महामारीको रूपमा भयो। अहिले देशमा हरेक क्षेत्रमा भरपर्दा दस जना विज्ञ पाउन हम्मे हम्मे पर्छ। पहिलो कारण त देश भित्र राजनीति नेताको चाकरी प्रथामा पन्छिएको दुष्ट संस्कृतिको चङ्गुलको सिकार हुनुपर्ने डरले धेरैले देश छोडे र “दिमागको विदेश बसाइसराइ” नेपालको नियति बन्न पुग्यो। आज देशमा सिंहदरबार जलाउने, अरूको विरोध गर्दै आफू उसको ठाउँमा पुगेर लुट्ने, देश बेच्न प्रतिस्पर्धा गर्ने, र लाज सरम छोडेर धर्म, संस्कृति र राष्ट्रिय स्वाभिमान बेच्न तयार हुने जत्थाको बिगबिगी छ, जो सामाजिक सञ्जालमा अश्लीलता र असभ्यता प्रकट गर्छ र गालीगलौजको भाषा बोलेर आत्मसन्तुष्टि व्यक्त गर्छ। अर्कातिर बचेका देशभक्तहरू आफ्नो कर्म क्षेत्रमा आतंकित छन् र छेउ कुनामा जीवन यापन गर्छन्। उसमाथि  दलका नेता र राजनीति तिकडमबाट पद हत्याएकाहरूको दमनको खतरा सधैँ हुन्छ। उसका छेउमा बसेको दुष्टहरू पदक लिन राष्ट्रपतिको कार्यालय पुगेको देख्दा उसको आत्म रुन्छ तर पनि उसले कृत्रिम हाँसो हाँस्न जानेको छ।
२. राजनीति दलका नेताज्युहरु, आज तपाईँहरू देशमा षड्यन्त्र भएको ठान्नुहुन्छ तर “यदि यो षड्यन्त्र नै हो भने पनि त्यसको कारण त तपाईँहरू नै हो, अर्थात् तपाईँहरू कै भूत षड्यन्त्रको कर्ता हो।” तपाईँ आज होइन, तपाइकै कारणले हिजैबाट घेराबन्दी हुनुहुन्थ्यो। तपाईँका कार्यकर्ता त विदेशीका घरका सदस्य थिए। आज देश जल्यो, तर जलाउनेहरू तपाईँहरूकै घरमा हुर्किएका मान्छे हुन भन्ने थाह छ? हिजो यी पोथ्राहरू तपाइकै आलिसान बैठकमा तपाईँ सँगै तस्बिर खिच्दै देखिन्थे। यस्ता तपाईँहरूका अवैध सन्तानहरू आफै परपीडक घृणाको संस्कृति र अरूको सामाजिक अवसानमा सरिक “नेपोकिड्स” थिए, तर उनीहरू नै अरूलाई “नेपोकिड्स” बनाएर घृणा रोपिरहेका थिए। यस्ताका आतङ्कले देशका थुप्रै “देशभक्त र प्रतिभाहरूले” पेट पाल्न आफ्नो पहिचान गुमनाम पारिदिए।
attariya technical collage
navjiwan hospital
३. विगत ३७ वर्ष पहिला पञ्चायती शासनमा राजनीतिको दमनले मानिसहरू पीडित थिए। थुप्रैले चुपचाप मास्टरको जागिरमा जीवन गुजार्नु पर्थ्यो र उनीहरू स्वतन्त्रता र समृद्धिका लोभले “भित्र भित्रै तपाइको सङ्गठन बिस्तार गर्न र तपाईँलाई पाल्न” बाध्य भए। तर जब देशमा २०४६ साल आयो, तब तपाईँहरूका अगाडी पछाडि भात होइन सुन खानेको जमात बढ्यो र “देशभक्त र इमान्दारहरुको प्रतिभाको हत्या भयो।”  आज देश यहाँ पुग्यो।
आज देशको अगाडी अँध्यारो छ, भविष्यमा तुवाँलो लागेको छ। यो देश कसैले निल्ने त होइन भनेर केही बोल्न सक्ने र “ज्यानको पर्बाह नगर्नेहरू चेतावनी दिई रहेका छन्, तर यस्ता चेतावनीलाई देशका लागि एउटा सिन्को नभाचेकाहरु कोठा भित्र बसेर “षड्यन्त्रको सिद्धान्त बोल्नेहरू भन्दै उनको विश्लेषणलाई “लाटा देशका गांडा तन्नेरी” भनेर व्यङ्ग हानिरहेका छन्। अर्थात् “देशको बौद्धिकता स्युडो (अर्ध) ज्ञानीको कृडास्थल बनेको छ।”
नेताज्युहरु,
देशको यो विषम उत्कर्ष तपाईँहरूको विगत ३७ वर्षको भाँडभैलो, विचारको पतन, सामन्ती सोच, इगो, र धनको भोकको कारणले उत्पन्न भएको हो। आज तपाइको यो दशा हुन दृश्य अदृश्य खेलको हात छ। तर तपाईँका हात पनि फोहोर छन्। हिजो यी दृश्य अदृश्य तत्त्वकै चौकीदारी तपाइले गर्नु भयो। तपाईँहरूले प्रतिभा र देशभक्तलाई मट्टितेल छ्याप्नु भयो। त्यसैले तपाइका विदेशीका गोठमा हुर्केका सन्तानले तपाइकै घरमा आगो लगाए। तर, अझै तपाईँहरू हिजोको दिन फर्कने प्रतीक्षामा हुनुहुन्छ! त्यो केवल मृगतृष्णा मात्र हो। आफ्नो बिचारको पक्षपोषण र देशको रक्षालाई आत्ममा राखेर आफूलाई परिवर्तन गर्नुहोस्।