खाेज्नुहाेस

‘मकै बारी दराम दराम’ की गायिका शुष्माले एसइईमा ल्याइन ३.२५ जीपीए

Image

काठमाडौँ – ‘मकै बारी दराम दराम’ जस्ता चर्चित लोक दोहोरी गीतका माध्यमबाट दर्शकको मन जित्न सफल गायिका सुष्मा शाही ठकुरीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्साहजनक सफलता हासिल गरेकी छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका स्थायी घर भएकी शाहीले ३.२५ जीपीए प्राप्त गर्दै विद्यालय तहको शिक्षा पूरा गरेकी हुन् ।

navjiwan hospital

काठमाडौँको चाबहिलस्थित सगरमाथा स्कुलमा अध्ययन गरेकी उनले कपनस्थित दीक्षालय स्कुल केन्द्रबाट परीक्षा दिएकी थिइन् । उनका लागि यो सफलता केवल शैक्षिक उपलब्धि मात्र नभई १४ वर्ष लामो समयदेखिको अधुरो सपनाको साकार रूप पनि हो ।

attariya hospital

पारिवारिक कारणले १४ वर्षअघि पढाइ बीचमै छोड्न बाध्य भएकी सुष्माका लागि यो नतिजा भावनात्मक छ । २०७९ सालमै एसएलसी दिनुपर्ने भए पनि सानै उमेरमा भएको विवाहका कारण उनको पढाइ रोकिएको थियो ।

सामाजिक सञ्जालमा खुसी बाँड्दै उनले विगतका ती दिनहरू स्मरण गरेकी छन्, जहाँ उनले पढाइप्रतिको धोकोको कारण कयौँ रात सपनामा परीक्षा दिएको र बिउँझिँदा आँसु झारेको उल्लेख गरेकी छन् ।