अत्तरिया – बैतडीको दशरथ चन्द नगरपालिकाको एम्बुलेन्स कैलालीको भासुमा दुर्घटना भएको छ । मर्मतका लागि ल्याइएको एम्बुलेन्स भासु भिर नजिकै नालामा खसेर दुर्घटना भएको हो ।

एम्बुलेन्स दुर्घटना पनि चालक भने फरार भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । चालकको अहिले खोजी भइरहेको छ । एम्बुलेन्स सोमबार साँझ अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ ।

दशरथ चन्द नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भुवन प्रसाद जोशीले भने दुर्घटना पछि चालक उमेश बोहरा सँग आफ्नो सम्पर्क भएको बताएका छन् । उनले अगाडीबाट ट्रक आउँदा नालीमा खसेको चालकले जानकारी दिएको बताए ।
उनले एम्बुलेन्स मर्मतका लागि धनगढी ल्याउन लागेकाले त्यसमा चालक मात्रै भएको बताए ।


















