खाेज्नुहाेस

धनगढी आइरहेको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, बसमा सवार ५ घाइते

Image

धनगढी – कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बिहिबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

navjiwan hospital

राति करिब २ बजे काठमाण्डौंबाट धनगढीतर्फ आउँदै गरेको बाप्र ०१–००६ ख ८५०६ नम्बरको यात्रुबस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । सो क्रममा बसले एक पैदल यात्रीलाई ठक्कर दिएको र बसमा सवार यात्रुहरु घाइते भएका हुन् ।

add everest academy
attariya hospital

दुर्घटनामा परेका अन्दाजी ५०/५५ वर्षका पैदलयात्रीको घटनास्थलबाट चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

बसका घाइते यात्रुहरूलाई चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको छ । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।