खाेज्नुहाेस

आज विश्व पक्षाघात दिवस मनाइँदै

Image

काठमाडौँ – सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ आज (बुधबार) नेपालसहित विश्वका विभिन्न मुलुकमा विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व पक्षाघात दिवस मनाइँदै छ। विश्व स्वास्थ्य सङ्गठन लगायत संस्थाको सहयोगमा यो दिवस मनाइन्छ।

navjiwan hospital

चिकित्सकहरूका अनुसार पक्षाघात एक जटिल शारीरिक समस्या हो, जुन मानव मस्तिष्कको कुनै भागमा रक्तसञ्चार अवरुद्ध भएमा हुने गर्छ। मस्तिष्कमा अक्सिजन तथा पोषकतत्वको कमी भएमा वा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ, जसलाई पक्षाघात भनिन्छ। समयमै यसको उपचार नगरिए मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ। सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु र आँखाको ज्योति गुम्नु पक्षाघातका प्रमुख लक्षणहरू हुन्।

add everest academy
attariya hospital

उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुमपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गडबड हुनु पक्षाघातका मुख्य कारणहरू हुन्। त्यसैले, यस्ता जोखिमबाट बच्न सबैले सक्रिय जीवनशैली अपनाउनुपर्ने चिकित्सकहरूको सुझाव छ।