
काठमाडौँ – २४ भदौको हिंसात्मक प्रदर्शनका क्रममा लुटिएका ५ सय ५६ थान हतियार अझै फेला परेका छैनन् । नेपाल प्रहरीका विभिन्न ब्यारेक तथा कार्यालयमा तोडफोड र आगजनीपछि १२ सय ७६ थान घातक हतियार लुटिएका थिए । त्यसमध्ये ७ सय २० थान मात्रै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले फिर्ता ल्याएको छ । अझै ५ सय ५६ थान हतियार फिर्ता आउन बाँकी रहेको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।
प्रहरीका अनुसार इन्सास र एसएलआरसहित २ सय ८५ नाल ठूला पेस्तोललगायत २ सय ७१ नाल साना हतियार अझै नियन्त्रणमा आएका छैनन् । यसले शान्ति सुरक्षामा समेत चुनौती थपिएको प्रहरी अधिकारीहरुले बताउँदै आएका छन् ।



















