अत्तरिया – शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सभाको पहिलो बैठक सम्पन्न भएको छ । मंगलबार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ को परिच्छेद ४ को दफा बमोजिम विश्वविद्यालय सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माहाविर पुनको अध्यक्षता बैठक सम्पन्न भएको हो ।
बैठकले सभाका सदस्य नियुक्ति सँग उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ ।


बैठकले सभा सदस्यमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा हेमराज पन्त, प्रा डा जयराज अवस्थी, प्रा डा अम्मराज जोशी, डा लवदेव अवस्थी, प्रा डा संगीता राज भण्डारी, डा डम्बरबहादुर पाल र सह प्रा अनुराधा रोकायलाई चयन गरेको छ ।
बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि प्रा डा जयराज अवस्थी संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ । उक्त समितिको सदस्यमा प्रा डा दीपक महरा र प्रा डा भारती जोशी सदस्य रहेका छन् ।
बैठकमा सभाका सदस्य रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सभाका सदस्य गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट लगायतको सहभागिता रहेको थियो ।


















