खाेज्नुहाेस

दसैँको दिन अत्तरिया बजारमा मासु किन्ने ग्राहकको भिड

Image

दसैँ भन्ने वित्तिकै मासु प्राय सवैको घरमा पाक्ने गर्छ । प्रास दसैंको बेला धेरै भन्दा धेरै मासु खाने पनि गरिएको हुन्छ । आफ्नो घरमा होस् या त आफन्तको या साथिभाईकोमा पनि मासु खाने गरिएको हुन्छ । दसैँको दिन अत्तरिया बजारमा मासु किन्ने ग्राहकको भिड लागेको छ । बजारमा कुखुरा ४५०, खसी १ हजार देखि १२ सय र बाख्राको मासु साढे ६ सयमा कारोबार भइरहेको छ ।

मासु मात्रा मिलाएर खाएमा त्यसले फाइदा पनि गर्छ । तर, त्यही मासु ज्यादा खाएमा त्यसले हानी पनि गर्छ । प्रास मासु खानेहरुले दसैंको बेलामा बढी मात्रामा मासु खाने गरेको पनि हुन्छन् ।

attariya hospital
navjiwan hospital

तर, के तपाईलाई थाहाँ छ ? दसैंको बेला मासु कसरी र कति खाने ? भन्ने कुरा । सायदै तपाईँहरु मध्ये धेरैलाईलाई थाहा नहुन सक्छ । आउनुहोस् आज हामी तपाईलाई दसैँको बेला मासु कति, कसरी र कस्तो मासु खाने भन्ने कुरा सिकाउछौँ ।

दसैँ को बेला मासु खादा धेरैको रोजाई रातो मासु नै हुन्छ । तर चिकित्सकहरु भने रातो मासु भन्दा सेतो मासु खानलाई सुझाव दिने गरेका छन् । माछा र सेतो मासु खादा नै स्वस्थ्यलाई फाईदा हुन्छ । रातो मासु खानै परे थोरैभन्दा थोरै खाने गरेमा त्यसले तपाईलाई विभिन्न रोगबाट बचाउन सक्छ ।