खाेज्नुहाेस

शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र दरखास्त फारामको म्याद थप्यो

Image

काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमतिपत्रको लागि दरखास्त फाराम भर्ने म्याद थप गर्ने निर्णय गरेको छ।

navjiwan hospital

आयोगले गत साउन ३१ गते प्रकाशित सूचनाअनुसार फाराम भर्नको लागि आवेदन लिन थालेको थियो। तर,आयोगको अनलाइन पोर्टल www.license.tsc.gov.np
मा भदौ २४ गते रातिदेखि प्राविधिक समस्या उत्पन्न भई अवरुद्ध भएको कारण सेवाग्राहीलाई असुविधा भएको भन्दै म्याद थपिएको आयोगले जनाएको छ।

attariya hospital

आयोगका अनुसार सिंगल दस्तुर तिरेर दरखास्त दिने अन्तिम मिति असाेज ४ गतेसम्म तोकिएको छ। त्यसअनुसार राजश्व दस्तुर तिर्ने समयावधि सोको भोलिपल्ट कार्यालय समयभित्र हुनेछ।

यस्तै, दोब्बर दस्तुर तिरेर फाराम भर्ने आवेदकका लागि अन्तिम मिति असोज ११ गतेसम्म रहनेछ। यसमा पनि दस्तुर बुझाउने समयावधि सोको भोलिपल्ट कार्यालय समयभित्र रहनेछ।