खाेज्नुहाेस

जेनजी प्रदर्शनकारी संसद भवन परिसरमा छिरे, प्रहरीद्वारा हवाइफायर

Image

काठमाडौं – नयाँ बानेश्वरमा जारी ‘जेनजी’ प्रदर्शनले उग्र रुप लिएको छ।

सरकारको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलित हजारौँ युवाहरू सबै सुरक्षा घेरा तोडेर संघीय संसद भवन परिसरभित्र प्रवेश गरेका छन्। उनीहरू संसद भवनको पर्खाल चढेर र मुख्य गेट नाघेर भित्र छिरेपछि स्थिति नियन्त्रण बाहिर गएको हो।

attariya hospital

अति संवेदनशील र उच्च सुरक्षा क्षेत्रमा पर्ने संसद भवन परिसरभित्र प्रदर्शनकारी प्रवेश गरेपछि, स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइफायर गरेको छ।

navjiwan hospital

साथै, परिसरभित्र छिरेका र बाहिर रहेका भीडलाई तितरबितर पार्न दर्जनौं सेल अश्रुग्याँस प्रहार गरिएको छ। अहिले संसद भवन परिसरभित्र र बाहिर प्रहरी तथा प्रदर्शनकारीबीच झडप चलिरहेको छ।

यसअघि प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गरे पनि प्रदर्शनकारी पछि हटेका थिएनन्। प्रहरी दमनको प्रतिकार गर्दै उनीहरूले सबै ब्यारिकेडहरू तोडेर संसद भवनको गेटसम्म पुगेका थिए।

केही युवाहरू प्रहरीको गार्ड हाउसको छतमा समेत चढेका थिए। सोही क्रममा आक्रोशित भीडले पर्खाल र गेटबाटै भित्र पस्ने प्रयास गरेको हो।

यसैबिच काठमाडौँमा कर्फ्यु लगाइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले सोमबार अपराहन्न १२स्३० बजेदेखि रातीको १० बजेसम्म बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् ।

जिल्ला प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ ।