खाेज्नुहाेस

सूचनाको हकका लागि राष्ट्रिय महासंघका जिल्ला अधिवेशन कार्तिक मसान्तभित्र

Image

धनगढी — सूचनाको हकका लागि राष्ट्रिय महासंघले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको जिल्ला अधिवेशन कार्तिक मसान्तभित्र गर्ने निर्णय गरेको छ । शुक्रबार धनगढीमा बसेको भेलाले कार्तिक मसान्त भित्र जिल्ला अधिवेशन र मंसिर १५ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।

सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमीद बागचन्दको प्रमुख आतिथ्यतामा सूचनाको हकका अभियन्ताहरूको शुक्रबार भेला बसेको थियो । सो भेलाले जिल्ला तथा प्रदेशको अधिवेशन का लागि मिति तय गरेको हो ।

attariya hospital
navjiwan hospital

भेलाले सूचनाको हकको प्रभावकारी कार्यान्वयन, नागरिकको सूचनामा पहुँच विस्तार तथा सार्वजनिक निकायलाई थप जवाफदेही बनाउन अभियानलाई तीव्रता दिने निर्णयसमेत गरेको छ ।

त्यसैगरी स्थानीय तह तथा प्रदेश सरकार मातहतका मन्त्रालयले सञ्चालन गरिरहेका विकास निर्माणका गतिविधि, योजनाको कार्यान्वयन अवस्था र जनचासोका विषयमा सूचना माग गर्ने निर्णय गरेको छ । सार्वजनिक निकायबाट हुने कामकारबाहीलाई पारदर्शी बनाउँदै नागरिकको सूचनाको हक सुनिश्चित गर्न अभियान सञ्चालन गरिने भेलाले जनाएको छ ।

भेलालाई सम्बोधन गर्दै महासंघका केन्द्रीय अध्यक्ष उमीद बागचन्दले सूचनाको हक सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्ने महत्त्वपूर्ण माध्यम भएको बताए । उनले सार्वजनिक निकायका कामकारबाहीबारे नागरिकलाई सुसूचित गराउन तथा अनियमितता र बेथितिको निगरानी गर्न अभियन्ताहरू सक्रिय हुनुपर्नेमा जोड दिए ।

महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा सम्पन्न भेलाको सहजीकरण प्रदेश महासचिव निराजन परियारले गरेका थिए ।