खाेज्नुहाेस

गेटामा गोविन्द केसीले सुरु गरेको सत्याग्रहप्रति सङ्घर्ष समितिले जनायो ऐक्यबद्धता

Image

अत्तरिया – कैलालीको गेटा अस्पतालमा प्रा. डाक्टर गोविन्द केसीले सुरु गरेको सत्याग्रहप्रति सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले ऐक्यबद्धता जनाएको छ ।

केसीले शिक्षा स्वास्थ्य जस्तो सेवामूलक क्षेत्रको गुणस्तर र समतामूलक पहुँचको अभिवृद्धिको सुनिश्चितता लगायत युद्धग्रस्त मुलुकमा शान्ति स्थापनाको माग गर्दै आइतबार देखि ३ दिनका लागि सत्याग्रह सुरु गरेका छन् । उनका केही मागहरू आफ्ना पनि माग भएको भन्दै सघर्ष समितिले ऐक्यबद्धता जनाएको छ ।

attariya hospital

डा. गोविन्द केसी ४ बुँदे माग राख्दै सत्याग्रहमा बसेका छन् । जसमा प्रम ओली र चिकित्सा शिक्षा आयोगको गलत ढङ्गले निजी मेडिकल कलेजहरूलाई विद्यार्थी सिट सङ्ख्या वृद्धि गर्ने निर्णय तुरुन्त फिर्ता लिन, शुल्क वृद्धि नगर्न, सम्झौता अनुरूप इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्न र गेटाको मेडिकल विश्वविद्यालयमा तुरुन्त पूर्ण क्षमतामा अस्पताल सेवा र शैक्षिक कार्यक्रम सुरु गर्न माग गरिएको छ ।

यस्तै एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धी र विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धी ऐन पारित गर्न, ऐन अनुरूप मेडिकल शिक्षालाई गैर नाफामूलक बनाउने र सरकारी अस्पताल लगायत सबै स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गर्न लगायतका सबै सम्झौता र मागहरू कार्यान्वयन तथा पुरा गर्न माग गरिएको छ ।

navjiwan hospital

केसीले लिपुलेकमा अतिक्रमण बन्द गरी नेपालको अतिक्रमित भूमि फिर्ता गर्न भारत सरकारसँग र सो कार्यको सुनिश्चितता गर्न नेपाल सरकारसँग माग गरेका छन् उनले युक्रेन र गाजामा भइरहेको नर संहारकारी युद्ध तुरुन्त बन्द गर्न रुस र इजरायल समक्ष माग माग गरेका छन् ।

सङ्घर्ष समितिले पनि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीलाई अविलम्ब नियुक्त गर्नुपर्ने, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा गेटा अस्पताललाई (६०० शय्या) पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने माग राखेको छ ।

सङ्घर्ष समितिले केसीले ब्यानर टाँगेकै स्थानमा आफ्नो ऐक्यबद्धता जनाएको ब्यानर टाँसेर डा. गोविन्द केसी ले सुरुवात गरेको सत्याग्रहप्रति ऐक्यबद्धता जनाएको छ । सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डेले थालेको अभियानलाई साथ दिँदै ऐक्यबद्धता जनाएको बताए ।

सम्बन्धित समाचारगेटामा ३ दिने सत्याग्रहमा बसे डा. गोविन्द केसी