खाेज्नुहाेस

बाजुरामा किसानलाई काँचो स्याउ नटिप्न आग्रह

Image

बाजुरा– बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका किसानलाई काचोँ स्याउ नटिप्न आग्रह गरिएको छ । गाउँपालिकाले किसानहरुलाई काचोँ स्याउ नटिप्न आग्रह गरेको हो ।

जिल्लाको पूर्वोत्तर क्षेत्रको कर्णालीपारि रहेको सो स्याउ निकै उत्पादन हुने गरेको छ । यहाँको स्याउ भदौको अन्तिममा पाक्ने गर्छ । तर यहाँका किसानले भने अहिले नै काँचै टिपेर बेच्ने गरेका छन् । यसरी काँचो स्याउ बेच्दा भविष्यमा यसको गुणस्तर घट्ने तथा नटिक्ने सम्भावना देखिएकाले काँचो स्याउ टिपेर बिक्री नगर्न आग्रह गरेको गाउँपालिकाले जनाएको छ ।

attariya hospital
navjiwan hospital

स्याउको सहर भनेर चिनिँदै आएको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा यतिबेला बारीमा स्याउ लटरम्म छन् तर पाकिसकेका छैनन् । नपाक्दै टिपेर बिक्री गरेको पाइएकाले काँचो स्याउ नटिप्न यहाँका किसानलाई आग्रह गरेको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताए । सो गाउँपालिकाका ३५ जना किसानले स्याउ खेती गर्दै आएका छन ।

त्यसबाहेक जिल्लामा हिमाली गाउँपालिकाका १८, जगन्नाथ गाउँपालिकामा ४५, बुढीनन्दा नगरपालिकामा ५०, खप्तडछेडेदह गाउँपालिकामा १ र बुढीगङ्गा नगरपालिकामा १ जनाले गरी १५० परिवारले स्याउ खेती गर्दै आएका छन् । आव २०८१/८२ मा यहाँ १४ देखि १५ सय टन स्याउ उत्पादन भएको थियो । अहिले पनि त्यसैको हाराहारीमा स्याउ उत्पादन भएको छ ।

गत वर्षमा ५१५ क्विन्टल स्याउ बाहिर बिक्री हुँदा यहाँका किसानले झन्डै ७० दखि ८० लाख रुपैयाभन्दा बढी आम्दानी गरेका थिए । बाजुरामा फुजी, गोल्डेनरेड, डेलिसियस र स्थानीय जातको स्याउ राम्रो उत्पादन हुने गरेको छ । यहाँ ४१० हेक्टर जमिनमा स्याउ रोपिएको छ । त्यसमध्ये दुई हेक्टर जमिनमा स्याउ फल्ने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।