खाेज्नुहाेस

बाजुराबाट नवजात शिशु सहित सुत्केरीको हवाई उद्धार

Image

बाजुरा – बाजुुराको पूर्वी उत्तरी क्षेत्र बुढीनन्दा नगरपालिका—१ स्थित कोल्टी आधारभूत अस्पतालबाट नवजात शिशु सहित सुत्केरीको हवाई उद्धार गरिएको छ । मुगुको खत्याड गाउँपालिका–९ घर भएकी २० वर्षीया देवकी खड्काको नवजात शिशुको स्वास्थ्यमा समस्या देखिएपछि हवाई उद्धार गरिएको हो ।

navjiwan hospital

सुत्केरी सेवा लिन कोल्टी आधारभूत अस्पताल पुगेकी खड्काले आइतबार बिहान शिशुलाई जन्म दिएपछि नवजात शिशुको स्वास्थ्यमा समस्या देखिएको थियो ।

attariya hospital

शिशुलाई जन्म दिएलगत्तै नवजात शिशुमा श्वासप्रश्वाससम्बन्धी जटिल समस्या देखिएपछि थप उपचारका लागि रिफर गरिएको अस्पतालले जनाएको छ ।

उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए ।