खाेज्नुहाेस

बाजुरामा आगलागीबाट दुई घर जलेर नष्ट

Image

बाजुरा – बाजुरामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । त्रिवेणी नगरपालिका –६ पन्धाराका नन्दु नेपाली र बडीमालिका नगरपालिका –२ जुगेडाका स्थानीय मानबहादुर विष्टको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएका हुन् ।

navjiwan hospital

घरमा कोही नभएको समयमा अज्ञात समूहले आगो लगाइदिँदा पूरै घर जलेर नष्ट भएको घरधनी नन्दु नेपालीले बताएका छन । आगलागीबाट घरमा राखेको अन्नपात लुगाकपडा धन सम्पती पनि सबै जलेर नष्ट भएको उनले बताए ।

attariya hospital

त्यसै गरी बडीमालिका नगरपालिका .–२ जुगेडा बस्ने मानबहादुर बिष्टको घरको भान्सामा आगलागी हुँदा त्यहाँ राखेको अन्नपात, लत्ताकपडा, भाडावर्तन सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।