अत्तरिया – नेपाल मानवतावादी पार्टीको केन्द्रीय सदस्यमा ८ जना मनोनीत गरिएको छ । कैलालीको अत्तरियामा बसेको पार्टीको दोस्रो केन्द्रीय बैठकले केन्द्रीय सदस्यमा ८ जना मनोनित गरेको हो । केन्द्रीय सदस्यमा मनोनीत हुनेमा सुदूरपश्चिमबाट गणेश बहादुर आउजी, लाल बहादुर पार्की, लाल बहादुर विक, गोरख सुनार र गोपाल रसाइली रहेका छन् ।

यस्तै गण्डकीबाट चिनी माया दमाई, विबा देवी विक र आस बहादुर नेपाली चयन भएको नेपाल मानवतावादी पार्टीका कैलाली जिल्ला अध्यक्ष अङ्गद विकले बताए । उनले यो सँगै पार्टीमा केन्द्रीय सदस्यको सङ्ख्या ६९ पुगेको बताए ।


सोमबार र मंगलबार पार्टीका केन्द्रीय अध्यक्ष मेघ बहादुर कामीको अध्यक्षतामा पार्टीको जिल्ला कार्यालय अत्तरियामा बसेको बैठकले पार्टीको सङ्घटन विस्तार गर्ने विषयमा छलफल गरिएको अध्यक्ष विकले बताए ।
















