खाेज्नुहाेस

डडेल्धुरामा ७१ नयाँ क्षयरोग बिरामी फेला

Image

डडेल्धुरा – यस आर्थिक वर्षको साउनदेखि माघसम्म डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। तीमध्ये ६५ वर्षमाथिका २९ जना, १५ देखि २४ वर्ष उमेरका २९ जना र अन्य १५ वर्षमुनिका छन्।

navjiwan hospital

स्वास्थ्य कार्यालयका अनुसार गत वर्ष ३१५ जनाको जाँच लक्ष्य भए पनि १४६ जनाको मात्र परीक्षण गरिएको थियो। अहिलेसम्म जिल्लामा १२४ जना क्षयरोगका बिरामी फेला परेका छन्, जसमा अमरगढी नगरपालिकामा सबैभन्दा बढी ३२ जना छन्।

attariya hospital

‘स्वास्थ्य कार्यालयका सरुवा रोग नियन्त्रण स्रोत व्यक्ति हरिप्रसाद भट्टले नेपालमा हरेक वर्ष ७० हजार नयाँ क्षयरोगी फेला पर्नेमा ३० हजारको मात्र पहिचान हुने जानकारी दिए ।