खाेज्नुहाेस

बझाङको सुनकुडा क्याम्पसमा स्ववियु सभापतिका लागि तीन संगठनको तालमेल

Image

बझाङ– बझाङको सुनकुडा क्याम्पसमा स्ववियुको निर्वाचनमा तीन संगठनको तालमेल भएको छ । उक्त क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघ र विप्लव निकट अखिल समाजवादी बाहेक अन्य तीन संगठनबिच तालमेल भएको हो ।

navjiwan hospital

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियुबीच निर्वाचनका लागि तालमेल भएको बताईएको छ । चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि तीन संगठनको संयुक्त प्यानलबाट सभापतिमा अनेरास्ववियुका कपिल विष्टले मनोनयन दर्ता गरेका छन् ।

attariya hospital

यस्तै नेविसंघबाट जयदेव भट्ट, विप्लव निकट अखिल समाजवादीबाट भानु जोशीले मनोनयन दर्ता गरेका छन् । जिल्लाका केहि क्याम्पसहरूमा तालमेल गरेको अनेरास्ववियु र नेविसंघ सुनकुडामा भने प्रतिस्पर्धामा उत्रिएका छन् । क्याम्पसमा ३ सय ३८ जना विद्यार्थी रहेका छन् ।