खाेज्नुहाेस

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिमको टोली घोषणा

Image

बैतडी – प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले नारायण जोशीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।

टोलीमा हेमन्त धामी, शेर मल्ल, विकास आग्री, टेक रावत, प्रकाश पाण्डेय, किरण ठगुन्ना, मिलन बोहरा, निश्चल क्षेत्री, सुनिल चन्द, सौर्य श्रेष्ठ, भोजराज भट्ट, खडक बोहरा, राहुल भण्डारी र अर्जुन विक रहेका छन्।

attariya hospital

वैकल्पिक खेलाडीहरूमा वसन्त खत्री, हिक्मत महरा, सचिन भट्ट र गजेन्द्र भण्डारी छन्। प्रशिक्षकमा दीपेन्द्रबहादुर चन्द, व्यवस्थापकमा सन्तोष भट्ट, र ट्रेनरमा साजन गौतम रहेका छन्। प्रतियोगिता आजदेखि लुम्बिनी प्रदेशमा सुरु हुँदैछ।